Fast Nepal News

पूर्व अर्थमन्त्री र नवनियुक्त अर्थमन्त्रीको देशको अर्थ समस्याबारे आ-आफ्नै भनाई

banner single news
१३ पुष, काठमाडौँ -सोमबार अर्थ मन्त्रालयबाट बाहिरिदै गर्दा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा कुनै समस्या नरहेको बताए । त्यस लगत्तै मन्त्रालय प्रवेश गरेका नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र संकटको डिलमा रहेको र आफूले समाधान गर्ने बताए ।

 

शर्माले अर्थतन्त्रमा समस्या नभएको बताएजस्तो स्थिति भने आर्थिक सूचकहरुले देखाउँदैनन् । आयात रोकेर ठिक पारिएको बाह्य क्षेत्र आयात खुला गरिएपछि दबाबमा पर्ने निश्चित छ । सरकारको राजस्व घटेर कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ ।

 

मूल्यवृद्धि र चर्को ब्याजदरका कारण वस्तु तथा सेवाको माग घट्दा बजार चलायमान बन्न सकेको छैन । बाह्य क्षेत्रमा सुधार आउँदा आन्तरिक अर्थतन्त्र खल्बलिने र आन्तरिक अर्थतन्त्र मिलाउँदा बाह्य क्षेत्र दबाबमा पर्ने स्थितिमा अर्थतन्त्रलाई ठिक पार्न चुनौती छ ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.