
२५ मंसिर, काठमाडौँ केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। यसैगरी आजको दिन आइतबारको सुनचाँदी बजारमा पनि मूल्य वृद्धिले नै निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Visited 63 times, 1 visit(s) today
