Fast Nepal News

भदौ र असोजमा सय केजी मात्रै सुन आयात

banner single news

काठमाडौं, कार्तिक १६ । मूल्य अत्यधिक मात्रामा बढेपछि चालू आर्थिक वर्ष (आव) २०७७÷७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । मूल्य बढेकै कारण गत आवमा सुनको आयातमा भारी ह्रास आएको थियो ।

नेपालमा सामान्य अवस्था हुँदा ३ महीनामा १ हजार ८०० केजीको हाराहारीमा सुन आयात हुने गथ्र्यो । तर, चालू आवको पहिलो ३ महीनामा १०० केजी मात्र सुन आयात भएको छ । चालू आवको असोजसम्म ७३ करोड ७० लाख रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आवको यही अवधिमा रू। ६ करोड बराबरको मात्र सुन आयात भएको थियो । त्यसको तुलनामा यस आवको पहिलो त्रैमासमा सुनको आयात बढेको देखिन्छ । तर, त्यो औसतभन्दा निकै कम भएको सुन व्यवसायीको भनाइ छ । अघिल्लो आव २०७५र७६ को पहिलो त्रैमासमा भने रू। ८ अर्ब ६५ करोड बराबरको १ हजार ८७३ केजी सुन आयात भएको थियो ।

Inside Article Ads

अघिल्लो आवमा रू ३४ अर्ब ६३ करोडको सुन आयात भएको थियो । तर, गत आवमा भने त्यो भन्दा ६२ प्रतिशत कम अर्थात् १३ अर्ब ४६ करोडको मात्र सुन आयात भएको थियो । गत आवको शुरूको अवधिमा अमेरिका र चीनबीचको व्यापार युद्ध र पछिल्लो अवधिमा कोरोना प्रभावका कारण सुनको मूल्य बढेसँगै आयातमा कमी आएको हो ।

नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीपछि अर्थात् चैतदेखि गत साउनसम्म सुनको आयात नै गरिएको थिएन । चालू आवमा भएको १०० केजी सुन पछिल्लो २ महीना अर्थात् भदौ र असोजमा गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.