Fast Nepal News

टक्सार विभागमा असर्फी किन्ने मानिसको घुइँचो

असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको छ ।

banner single news
०३ कार्तिक, काठमाडौँ -नेपालीहरुको दशैंपछिको महान चाड तिहार नजिकिँदै गएको छ। तिहार नजिकिँदै जाँदा नेपाल राष्ट्र बैंकको बबरमहलमा टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ। तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबारदेखि आजको दिनसम्म सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको छ। टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ।
दश ग्राम असर्फीको मूल्य ८२ हजार ९०२, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार ७२६ रुपैयाँ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको छ।
विशेषगरी लक्ष्मीपूजाको दिन असर्फी चढाएर पूजा गर्ने चलन हालसम्म नेपाली समाजमा कायम नै रहेको हुनाले प्रत्येक वर्ष तिहार नजिकिँएसगै असर्फी खरिद बिक्री गर्न टक्सारमा मानिसहरुको घुईंचो लाग्ने गर्दछ।
Open photo
Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.