Fast Nepal News

सुनचाँदीको भाउ बढ्यो

banner single news

सोमबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० सय रुपैयाँमा किनबेच हुँदैछ ।

Inside Article Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ६ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.