Fast Nepal News

दशै सकिसक्दा पनि कान्तिपुर मलमा घटेन चहलपहल, चाडपर्वको अफर अझै

banner single news

 

काठमाडौं ।काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलमा दशै सकिन लागे पनि व्यापारको रौनक भने घटेको छैन।कान्तिपुर मल व्यापारिक मलहरुमा पुरानो मल मानिन्छ।चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न यस मलले विभिन्न योजनाहरु ल्याउने गरेको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको छ । विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ ।

मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् ।

Inside Article Ads

उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। कार्तिक महिनाको अन्त्य सम्म कान्तिपुर मलमा रु एक हजार भन्दा माथिको सपिङ गर्दा ग्राहकहरुले उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् । उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कारहरुमा मेमा कम्पनिको घडी,आईरन,लाईट लगायत छ्न् ।

चारै कुनामा सिसिटिभी जडान गरिएको र जुनसुकै बेला पनि सेक्युरिटी गार्डको प्रवन्ध गरिएकाले किनमेल गर्न कान्तिपुर मल ग्राहकका लागी सुरक्षित रहेको कान्तिपुर मलको दाबी छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.