Fast Nepal News

सुनको मूल्य तोलामा ९ सयले बढ्यो

banner single news

काठमाडौं, असोज २३ – लगातार घटिरहेको सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा १५ रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.