Fast Nepal News

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

banner single news

काठमाडौँ, आश्विन २२ – केही सातायता सुनको मूल्यमा सामान्य घटबढ हुने क्रम जारी छ । यही क्रममा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Inside Article Ads

यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.