Fast Nepal News

कति छ सुनचाँदीको मूल्य ?

banner single news

काठमाडौं, भदौ १९ – सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य घट्दा शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।

Inside Article Ads

साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता तोलको लाख रुपैयाँ नाघेर फर्किएको हो । सुनको मूल्य साउन २३ गते इतिहासकै सर्वाधिक १ लाख ३ सय ५ रुपैयाँ पुगेको थियो ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.