Fast Nepal News

सुनको मूल्य सामान्य घट्यो, सुन तोलाको ९६ हजार ५०० रुपैयाँ पुग्यो

banner single news

काठमाडौं, भदौ १८ – बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.