Fast Nepal News

कविता: बढ्न थाल्यो अभाव

प्रतिभा देवी न्यौपाने छन्द: वैश्वदेवी शीर्षक:

banner single news

हामी नेपाली वीरका हौं प्रजाति
आफ्नै गाथाछन् बोक्दछौं शीर माथि
सिक्यौं मायाका प्यारका सभ्य भाव
नासे संस्कारै प्यारमा भो अभाव॥०१॥

शिक्षा कर्मीले कर्म उल्टो हटाऊँ
रम्दै नेपाली वीरको गीत गाऊँ
स्वार्थी मान्छेमा पार्नु नै छ प्रभाव
हामी हामीमा प्यारकै भो अभाव॥०२॥

माया धर्तीको गाउॅकै भो तथापि
स्वार्थी बन्दैनन् भावना यी कदापि
ऐले मान्छे नै फेरिएको कथा छ
जाली झेलीको छैन खासै अभाव॥०३॥

नारी आमा हुन् भाॅड्न सन्तान दिन्नन्
आत्मा रोएमा दुख्दछिन् भित्र झन् झन्
छोटा बढ्नाले उब्जिए रौद्र भाव
झाली झेलीको छैन खासै अभाव॥०३॥

अड्डा अड्डामा देखिए मत्त मान्छे
देशै सिद्ध्याए दुष्ट आएर भान्छे
हेर्दा अर्काको देश बुझ्दैन चित्त
माखाको छै छन् बुद्धि मस्तिष्क पित्त॥०४॥

देख्यौ हामीले दुष्टका जाल झेल
थुक्छन् थालैमा गर्दछन् दुष्ट खेल
शिक्षा बाॅड्ने नै बन्न थाले खराब
मै हूॅ भन्नेको छैन खासै अभाव॥०५॥

ज्ञानी मानिछेको हुन्न उन्मत्त पारा
माया बॉड्नाले हुन्छ को कर्महारा
माया बॉड्नेमा देख्छु स्वार्थी लगाव
भेटौं नेपाली सम्य देखूॅ प्रभाव॥०६॥

Inside Article Ads

मागी छोराको गर्न खोजे बिहे नै
उक्ले जापानी देश हाम्रो खियो है
नेपालीको झन् देख्छु कंकाल दाग
कुर्सी बस्ने छन् दुष्द दम्भी खराब॥०७॥

आफैं आफैमा लड्दछन् गूट पारी
नेपालीको यस्तै बन्न थाल्यो चिनारी
सिक्ने खै मान्छे दुष्ट पाल्छन् स्वभाव
माया गर्नेकै लाग्न थाल्यो अभाव॥०८॥

उम्दा नेपाली चर्न जान्छन् विदेश
सॉच्चै भोगीले चल्न सक्दैन देश
मागी खानेकै पर्न थाल्यो प्रभाव
माया बाॅड्नेको देख्छु जैल्यै अभाव॥०९॥

माया फाट्नाले राग फैलेर आयो
आगो लाग्नाले मत्तता उग्र लायो
लड्ने भिड्नेकै चल्छ चौतर्फ खाल
रौकौ हामीले दिक्क पार्ने सवाल॥१०॥

आफूलाई जो भन्दछन् उच्च ज्ञानी
ज्ञानी भन्ने नै देखिदैनन् इमानी
राम्रा मान्छेका बुद्धि बिक्दैन खास
देख्ने सुन्ने नै बन्न थाले उदास॥११॥

नेता भन्नेका गूट बन्ने यिनै हुन्
स्वार्थी दम्भीले देश बन्नै दिदैनन्
रूखो छातीमा प्यार को खै प्रभाव
माया मान्नेको बन्न थाल्यो अभाव॥१२॥

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.