Fast Nepal News

केही प्रतिनिधि छेस्का कविताहरु

banner single news

नियमितरूपमा छेस्का कविता प्रकाशन गर्ने क्रममा यसपटक छेस्का साहित्यका नाैजना अभियन्ताहरुद्वारा लिखित छेस्का साहित्यकाे प्रथम ऐतिहासिक पुस्तक “अभिव्यञ्जना” नामक संयुक्त छेस्का कविता सङ्ग्रहबाट प्रत्येक सर्जकका एक-एक वटा छेस्का कविता साभार गरि प्रकाशित गरेका छाै । जसरी कसाैंडीभित्रकाे भात पाक्याे कि पाकेन भनेर थाहा पाउन एउटै सीता छाम्नु काफी हुन्छ, त्यसैगरी यी एक-एकवटा प्रतिनिधि छेस्काहरुबाट पनि पुस्तकभित्रका बाँकी छेस्काहरु कस्ता हाेलान् भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
सत्ताकाे मात
देख्दैन आँखा
दिउसै रात !
✍️ ओम आचार्य,
अर्घाखाँची, हाल: काठमाडौं।
~~~~~~~
फेरिन्छ पात्र
चरित्र उस्तै
निराशा मात्र !
✍️ किशन पाैडेल,
हेटौंडा-४, मकवानपुर ।
~~~~~~
भन्दैथ्याे अस्ति
आज भनेन
पूर्णिमा जस्ती !
✍️ खगेन्द्र वस्याल,
तिलाेत्तमा, रुपन्देही ।
~~~~~~
नपराैं दङ्ग
देखियो ढङ्ग
फेर्ने हुन् रङ्ग !
✍️ जयनारायण नेपाल,
ईलाम, हाल: भक्तपुर ।
~~~~~~~
नेपाली सान
वीरता गान
खाडीमा प्राण !
✍️ टंक पन्थ,
तानसेन, पाल्पा ।
~~~~~~~
पाेगटाे धान
अन्नविनाको
भाे संविधान !
✍️ मुरारीराज मिश्र,
कुमारीगाल, काठमाडौं ।
~~~~~~~
ढुङ्गामा आस
मान्छेमा छैन
कुनै विश्वास !
✍️ एलपी पराजुली,
कपन, काठमाडौं ।
~~~~~~~
भजन गाए
लुसुक्क छिरे
कुन्नि के पाए ?
✍️ विनोद नेपाल,
पाेखराथाेक, पाल्पा ।
~~~~~~~
धमिलो घाम
उताका साथी
बासी सपना !
✍️ हृदय लेकाली,
सिद्धार्थनगर, रुपन्देही ।
~~~~~

Inside Article Ads
Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.