
काठमाडौ ।जेठ १५









पाँच-पाँच अक्षरकाे तीनलाइनमा लेखिने पन्ध्र अक्षरीय संरचनाकाे नवीनतम लघुकाव्य विधा छेस्का कविताका नाैजना अभियन्ताहरु ओम आचार्य, किसन पौडेल, खगेन्द्र बस्याल, टङ्क पन्थ, जय नारायण नेपाल, मुरारीराज मिश्र, एलपी पराजुली, विनोद नेपाल र हृदय लेकालीद्वारा संयुक्तरूपमा लेखिएको (छेस्का कविताकाे आधारभूत सिद्धान्त सहितकाे) प्रथम संयुक्त छेस्का कवितासङ्ग्रह अभिव्यञ्जनाकाे राष्ट्रिय महिला आयोग, भद्रकाली प्लाजा, काठमाण्डौमा आज जेठ १५ गते आयाेजित एक कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य डा. देवी नेपालले विमाेचन गर्नुभयो ।
पुस्तक प्रकाशक संस्था भुगाेल साहित्य समाज र छेस्का साहित्य नेपालकाे संयुक्त आयोजनामा भएकाे उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पठाउनु भएकाे शुभकामना सन्देश वाचन गरिएकाे थियो । कार्यक्रममा भारतबाट समेत ३ जना बिशिस्ट कवि तथा साहित्यकारहरु आउनुभएको थियोे भने नेपालका नाम चलेका प्रायःजसाे साहित्यकारहरुकाे उपस्थिति रहेको थियोे ।
छेस्का कविताका प्रवर्तक एवम् भुगाेल साहित्य समाज तथा छेस्का साहित्य नेपालका अध्यक्ष विनाेद नेपालकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा प्रमुख अतिथि डा. देवी नेपालले “धनसम्पत्ती जति नै कमाएपनि मरेपछि हकवालाकाे नाममा नामसारी हुने तर स्रष्टाकाे कृति त्यसरी नामसारी नहुने भएकोले आफ्नो कृति मार्फत मरेपछि पनि स्रष्टा चिनिन्छ र अमर हुन्छ भन्ने कुरा बताउँदै तसर्थ कृति जन्माउनु निकै ठूलो कुरा हाे” भन्नुभयो । उहाँले अभिव्यञ्जना छेस्का कविता संग्रहकाे टिप्पणी र सबै स्रष्टाका छानिएका छेस्का वाचन समेत गर्नुभएको थियाे ।
साेही समारोहमा छेस्का अभियन्ता एवम् कविद्वय ओम आचार्यको फूलको हार्दिकता (कवितासङ्ग्रह) र एलपी पराजुलीको काव्य-सुधा (रम्बास कवितासङ्ग्रह) तथा छनक (छेस्का कवितासङ्ग्रह) काे समेत प्रमुख अतिथि प्राज्ञ डा. देवी नेपालले विमाेचन गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाहरु लगायत विभिन्न विशिष्ट ब्यक्तिहरुले आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
एलपी पराजुलीको काव्य-सुधा नेपालबाट प्रकाशित दाेश्राे रम्बास कवितासङ्ग्रह हाे भने छनक पहिलाे एकल छेस्का कवितासङ्ग्रह हाे ।
