Fast Nepal News

मञ्जुश्री साहित्यिक समाज द्वारा प्रविधिमैत्री भर्चुअल काव्यगोष्ठी सम्पन्न

banner single news

काठमाडौ । जेठ ६ ,४९ औं प्रविधिमैत्री (भर्चुअल) काव्य गोष्ठी ाजभ एक कार्यक्रमका विच भव्य रूपमा सम्पन्न भएको छ।

डा.बहबहादुर जितालीको अध्यक्षतामा भएको काव्यगोष्ठी कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.गंगा लिगलको प्रमुख आतिथ्यमा कार्यक्रम साहित्य गोष्ठी अघि बढाएको थियो।मञ्जुश्री साहित्यिक समाज द्वारा प्रविधिमैत्री भर्चुअल काव्यगोष्ठी सम्पन्न भएको छ ।

काव्य गोष्ठी कार्यक्रममा दुष्यन्त भट्टराई, जनार्दन अधिकारी,पूर्णदेवी न्यौपाने, मदनराज थापा, बालकृष्ण सुवेदी, उर्मिला पन्त पाण्डे, सीता घिमिरे, उत्तम भेटवाल लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रमको शुभारम्भ भएको थियो।

Inside Article Ads

मञ्जुश्री साहित्यिक समाजले आयोजना गरेको प्रविधिमैत्री कार्यक्रममा सहभागी जनाउँदै सहभागी साहित्यकारहरूले विभिन्न छन्दमा सुन्दर कविता वाचन गर्नुभयो।

यसैगरी कार्यक्रममा प्रमुख अतिथि प्रा.गंगा लिगलले साहित्य र संस्कृतिले आत्मविश्वास र सफलता बढाउने धारणा व्यक्त गर्नुभयो। यसैगरी कार्यक्रमका अध्यक्ष डा.बहबहादुर जितालीले काव्य गोष्ठीमा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.