Fast Nepal News

समसामयिक दस छेस्का कविता

✍️ किशन पौडेल हेटाैंडा - ४

banner single news

.
तप्प तर्कियो
आँसुको थोपा
मन चर्कियो !
२.
गरेर युद्ध
रुँदै छ मान्छे
हाँस्दै छ गिद्ध !
३.
फेरिन्छ पात्र
चरित्र उस्तै
निराशा मात्र !
४.
एकान्त रात
भिज्यो सिरानी
उसैको याद !
५.
जुँगाको युद्ध
अभिमानले
देखिन्छन् क्रुद्ध !
६.
भरियो गह
तप्कियो आँसु
दुखको बह !
७.
घाम र छाया
यो जिन्दगानी
मोह र माया !
८.
अकुत धन
नाङ्गै छ तन
दरिद्र मन !
९.
सधैँ अँध्यारो
बत्ती मुन्तिर
छैन उज्यालो !
१०.
हाम्रो सहर
कङ्क्रिटको हाे
चिडिया घर !

~~~~~~~
(नेपाली साहित्यिक फाँटमा सुपरिचित सर्जक पाैडेल, छेस्का साहित्य नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ )

Inside Article Ads
Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.