Fast Nepal News

नेताको राष्ट्रिय एकता

– डा. बमबहादुर थापा ‘जिताली’

banner single news

(छन्द ः सवाई)

आएको छ नेताजीको डलरमा नोट
गरे सेवा आफन्तको बिर्सिएर भोट ।
छोपी मौका भूकम्पमा गरेका छन् काम
यस्तै मौका पारीकन भरेका छन् खाम ।

सबै भोका बोकाहरू दाइँ गर्न थाले
काले–काले मिली सबै खान थाले भाले ।
घुम्ने कुर्सी–बिना कोही नअडिने भए
कुर्सी पाए मात्र सबै मिल्न सक्ने भए ।

बखतमा मिली–जुली सेवा गर्न लाए
हाकाहाकी घ्याम्पे भुँडी निकै भर्न पाए ।
खाँदा–खाँदै मुलुकमा मोटाएर छाडे
गाईलाई सुकाएर पोसिए झैँ साँढे ।

देश बन्यो ममचाझैँ चम्चा साथै बसे
भिन्ना भिन्नै दलहरू खान कम्मर कसे ।
हेर्दा भिन्न देखिएका औँलाजस्ता तर
खाने बेला सबै नेता भए बराबर ।

भागबन्डा लगाएर नेता मिले खाँदा
यसै गरी सक्ने भए देश खाँदै जाँदा ।
खाँदा नेता बन्ने गर्छन् एकतामा गङ्गा
खाएपछि हुने गर्छन् चुँडिएझैँ चङ्गा ।

खाँदा नेता परेवाका जोडीजस्ता हुन्छन्
खान यदि नपाएमा बैरीजस्ता हुन्छन् ।
सत्ता बन्यो राष्ट्रियता नेता मिल्ने कडी
कुम्ल्याउन नेताहरू छैनन् घटी–बढी ।।

Inside Article Ads

– नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ
९८४१४९१०८१, वष्तबभिभदबm२नmबष्।िअयm

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.