
*******************

१.
भर आफैमा
पर्न सकेमा
डर छ केमा ?
२.
मनको चोट
लुकाई बसे
मुसुक्क ओठ ।
✍️ मधुसुदन अधिकारी, भक्तपुर
<><><><><>

१.
टुप्पैमा चढे
फलका लोभी
गर्लम्मै लडे ।
२.
मिलेर राम्रो
जोगाई राखौं
संस्कृति हाम्रो ।
✍️ कृष्ण कुमार शर्मा पन्थी, नेपालगन्ज
<><><><><>

१.
नगर्ज धर्ती
मास्दिन वन
सुन्दछु अर्ती ।
२.
पँहेलो पात
नाचेरै झर्छ
दिन र रात ।
✍️ मुकेश रेग्मी, असम भारत
<><><><><>

१.
दुइटै पाटाे
सुख र दुख
नमेट्ने खाटाे ।
२.
बल्झियाे घाउ
बसेकाे खाटा
भो नउप्काउ ।
✍️ नुतन दाहाल पराजुली, काठमाडौं
<><><><><>

१.
जाग पहिला
उठाैं जुरुक्क
हामी महिला ।
२.
वसन्त मास
विहानी पख
खुल्याे आकास ।
✍️ यसोदा सुबेदी, धरान
<><><><><><><><><><>
