
कति राम्रो वसन्त यो सिर्जनाको मूल
लाली फुल्यो बुकी फुल्यो सबै फूलै फूल ।
पहाडको चिसो पानी हावा सर–सर
‘काफल पाक्यो’ भन्दै चरी नाच्यो फर–फर ।
जता हे¥यो उतैतिर वसन्तका पाखा
झिक्न थाल्यो लुइँचेले सुरिलो त्यो भाका ।।
कति राम्रो वसन्त यो…
राष्ट्रियता बिर्सिएर अल्मलिनेलाई
एकतामा जुट भन्छ डाँफे चरी गाई ।
कति राम्रो हरियाली बैंस स्वदेशको
वसन्तको गीत गाई क्वैली नाची सक्यो ।।
कति राम्रो वसन्त यो सिर्जनाको मूल
लाली फुल्यो बुकी फुल्यो सबै फूलै फूल ।
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ
९८४१४९१०८१
