Fast Nepal News

बालसाहित्य

जनक राज अधिकारी

banner single news

देश हाम्राे राम्रोछ

लेक, बेँसी, तराई हेर्दा मख्ख परेँ
अाफ्नाे देश प्राणभन्दा प्याराे ठानेँ ।
उर्वर माटाे हाम्रो यही छ कति राम्रो
जीवन धान्ने अाधार यही छ हाम्राे ।।

सुन्दर देश नेपाल हाम्राे मुटुभित्र छ
बसी सबै यही सुनाखरी फुलाउनु छ ।
मेचीकाली, हिमाल, तराई छन् राम्रा
अनेक धर्मसंस्कृति छन् अझ राम्रा ।।

Inside Article Ads

हिउँ चुलिएका हिमाल झन कति राम्रा
पहाडका हरियाली अझ कति राम्रा ।
फक्रेका छन् कुसुम ती साैन्दर्यका सास
धर्मसंस्कृतिकै अनेकतामा एकताकाे बास ।।

तराईमा पहेँलपुर झुलेका छन् बाला राम्रा
जातजाति मिली बसेका छन् नेपाली हाम्रा ।
रीतिरिवाज हाम्रै छन् राम्रा रमाउँछाै हेरी
शत्रुका अाँखा पर्दा वीरता देखाउँछाै हामी ।।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.