Fast Nepal News

पाँच सर्जकका दस छेस्का कविता

छेस्का साहित्य (नियमित स्तम्भ )

banner single news


थियो बेहोस
भन्न सकेन
मौन आक्रोश ।
२.
पाएको कस्ती ?
खोजेकै जस्ती
भएको मस्ती ।
✍️ कणाद महर्षि,
चाबहिल, काठमाडौं
<>
रम्न नदेऊ
नक्कले मन
जान्न भन्देऊ ।
२.
झुठो प्रणय
नाटक मात्रै
व्यर्थ समय ।
✍️ मिलन बोहोरा,
असम, भारत
<><><><><>

१.
सुसायो मन्द
प्रेमको हावा
हट्यो दुर्गन्ध ।
२.
फूल र काँडा
सुख र दुःख
तौलने भाँडा ।
✍️ रचना शर्मा,
भरतपुर, चितवन
<><><><><>

१.
स्वर्ग विशेष
नेपाली भूमि
डाँफेको देश ।
२.
खाएर मासु
झार्दछन् आँशु
रोउँ कि हाँसु ?
✍️ विवश पारदर्शी,
भद्रपुर, झापा

><<><><><>

१.
डालिको चरी
बर्सियो हिउँ
खसि बिचरी ।
२.
के गर्नु धन ?
साथी छ नाङ्गै
सानो छ मन ।
✍️ उदय बस्नेत,
तुल्सिपुर दाङ्ग
<><><><><>

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.