घर जलाएर खरानिको व्यापार हुँदै छ
यो स्वाभिमानमा निरन्तर प्रहार हुँदै छ
मान्छे किन होला यतिसम्म निर्दयी बनेको
आफ्नै बाबुबाट छोरीको बलात्कार हुँदै छ
आमा शब्द नै पवित्र भगवान भन्दा पनि
आमाबाट सन्तान माथि अत्याचार हुँदै छ
पानीको बाटो थुनेर छिमेकीले बाँध बनायो
सुन फल्ने खेतको गह्रा सिमसार हुँदै छ
बाँझो_ नराख खेतबारी कर्म गर्नै पर्दछ
फलाउ अनाज त्यही बाँच्ने आधार हुँदै छ
Visited 8 times, 1 visit(s) today