
धनकुटा — १ मंसिर २०७८
धनकुटा , डाँडाको बजार । सल्लाघारी । नागबेली घुम्ती हुँदै उकालो–ओरालो बाटो । बेलाबेला कुहिरोले हिले र भेडेटारमा फन्को मार्छ । पूर्वको पुरानो मुकाम धनकुटामा एक हूल कलाकर्मी भेला भए । ठाउँ–ठाउँ रोकिँदै स्ट्यान्डमा क्यानभास राखेपछि झोलाबाट रङ र कुची झिकेर आआफ्नै सुरमा धनकुटालाई जलरङ (वाटर कलर) मा उतार्दै गए । पर्यटन प्रवर्द्धनका लागि आयोजित कार्यशालाका सहभागीले धनकुटाका दृश्यलाई क्यानभासमा आकार दिएका हुन् । दुईदिने कार्यशालामा मुलुकभरबाट दुई दर्जन कलाकर्मी सहभागी भए ।
( कान्तिपुर दैनिक )
