Fast Nepal News

मञ्जुश्री साहित्य समाजकाे ” मञ्जुश्री ” पत्रिका विमोचन कार्यक्रम सम्पन्न

banner single news

काठमाडौ /२७ मन्जुश्री साहित्य समाजले मन्जुश्री साहित्यिक पत्रिका विमाेचन कार्यक्रम सम्पन्न भएको छ । रानीवन पार्टी प्यालेस,रानीवन, नागार्जुनमा सम्पन्न भएकाे हाे ।
सञ्चालक पूर्णदेवी न्यौपाने रहनुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डा. बमबहादुर थापा जितालीले गर्नुभयो भने ,प्रमुख आमन्त्रितमा डा. जगमान गुरुङ(उपकुलपति ,नेपाल प्रज्ञाप्रतिष्ठान ) हुनुहुन्थ्यो ।कार्यक्रमको पानसमा बत्ती बालेर प्रमुख आमन्त्रितबाट उद्घाटन भएको थियो भने स्वागतमन्तव्य- ध्रुव पौडेलले गर्नुभएको थियो । प्रमुख आमन्त्रित र गंगा लिगलबाट संयुक्तरूपमा स्मारिकाको विमोचनपछि विशेष आमन्त्रित गंगा लिगल अनेसास ह्वीस्टन च्याप्टर,ले( स्मारिकामाथि संक्षिप्त मन्तव्य दिनुभयो ) शुभकामना मन्तव्य दिनुहुने श्रीरामसिंह बस्नेत तथा सम्पादन पक्षबाट वीणा पौडेलको मन्तव्य रहेको थियो भने प्रमुख आमन्त्रित डा. जगमान गुरुङले”सिद्ध गोरखनाथ र नेपाल”विषयमा गोरखनाथको प्रादूर्भाव र सन्दर्भगत अन्य अनेक प्रसङ्ग ल्याएर ज्ञानमूलक मन्तव्य दिनुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई मञ्जुश्री साहित्य समाजको सदसताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
स्रष्टा वीरबहादुर लोहनीले सहभागी सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अध्यक्ष डा. बमबहादुर थापा जितालीले मञ्जुश्री साहित्य समाजले गरेका विभिन्न साहित्यिक उन्नयनका गतिविधिहरू,स्मारिका प्रकाशन गर्नुपर्ने पक्षको अौचित्य र प्रकाशित भइसक्तासम्मका विभिन्न सन्दर्भ हरूमाथि प्रकाश पार्दै सबैमा सधन्यवाद कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
उपस्थित अन्य स्रष्टाहरूमा सुधा बाँस्कोटा ढकाल,सीता आचार्य,दुर्गा रिमाल अधिकारी, हरिप्रसाद घिमिरे ,ललिता दोषी खरेल,शान्ति सापकोटा ,टेकबहादुर लौडारी,खोलाघरे साहिंलो ,वीरबहादुर लोहनी ,जनार्दन धड्कन , दुर्गा अधिकारी भँमरकोटे, कल्पना देवकोटा ,सुमन थापा,बालकुमार क्षेत्री,युवराज गौतम आदि ५० भन्दा बढीको उपस्थिति रहेको थियो ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.