
****************************

१.
अनाैठाे चाला
मिलेरै काढे
न्यायकाे छाला !
२.
दुनियाँ दङ्ग
लाजैले मर्नु
भयाे अचम्म !
✍️ विनोद नेपाल
(अध्यक्ष, छेस्का साहित्य नेपाल)
पाल्पा
<><><><><>

१.
पद पिपासु
मरि के लान्छन्
भएँ जिज्ञासु !
२.
के गर्छाै फुर्ति ?
सत्ताकाे साैदा
छि: लाजमूर्ति !
✍️ एल.पी.पराजुली
(सचिव, छेस्का साहित्य नेपाल)
कपन, काठमाडौं
<><><><><>

१.
देखियाे चित्र
सत्ताकाे निम्ति
खेल बिचित्र !
२.
शब्दकाे माला
सजाई हेर
बल्नेछ ज्वाला !
✍️ नरराज आचार्य
काठमाडौं
<><><><><>

१.
चेपारे माया
अर्काकाे पाेइ
दायाँ न बायाँ ।
२.
सत्ताकाे खेल
जाल र झेल
देखिन्न मेल ।
✍️ लता पाैड्याल निराैला
इलाम
<><><><><>

१.
तातेकै बेला
ठाेक्ने हाे घन
किन अबेला ?
२.
नुन र सुन
महंगी बढ्याे
सकिन्न छुन !
✍️ ईश्वर लामिछाने
धरान
<><><><><>
