

१.
दु:ख कहिले
घाँडो हुँदैन
श्रम खोजेको ।
२.
राति हिडेको
भोक लागेर
चोर भएको ।
✍️ कणाद महर्षि,
चावहिल, काठमाडौं
<><><><><>

१.
अन्धाको देश
सज्जन्को भेष
दुर्जन मति ।
२.
छलको नीति स्वार्थको पूर्ति नेताको जुक्ति ।
✍️ देवीका तिमिल्सिना,
मैजुवहाल, काठमाडौं
<><><><><>

१.
लागेको गुन
कहिल्यै पनि
बिर्सन हुन्न ।
२.
हाँस्ने र रुनी
यस्तै रहेछ
मान्छेको जुनी ।
✍️ ज्ञान बहादुर क्षत्री,
सन्धिखर्क-२, अर्घाखाँची ।
<><><><><>

१.
सत्ताको खेल
जुँगाको दाउ
सधैको झेल !
२.
हतास मन
तं तं र म म
बित्यो जीवन !
✍️ उपेन्द्रप्रसाद खनाल,
मनमैजु, काठमाडौं
<><><><><>

१.
हुँदामा क्षति
सारा सम्पत्ति
पिडा हो कति !
२.
लुट्ने हो मन्त्र
यो गणतन्त्र
चर्चा सर्बत्र !
✍️ बाबुराम पाैडेल,
रुपन्देही
<><><><><>
