

मागेको मुठी
जानौं यो कुरा
दिनेको उठी ।
ठक्कर पाए
जति होस् दुख
हरेस् नखाए ।
✍️ जयनारायण नेपाल,
बालकाेट, भक्तपुर ।
<><><>

स्वार्थले घेर्दा
देखिन्छ खोट
इष्र्याले गर्दा ।
बैगुनी कति
संसारै स्वार्थी
देखिए जति ।
✍️ एलपी पराजुली,
कपन, काठमाडौ ।
<><><>

टालेको भोटो
च्यातियो फेरि
नहुँदै छोटो ।
मुटुको टुक्रो
खँदिलो ठान्यो
रहेछ खोक्रो ।
✍️ रचना शर्मा,
चितवन ।
<><><>

बोलेको बोली
समान लाग्छ
लागेको गोली ।
मिले सारथी
जगाए सारा
गरे आरती ।
✍️ चन्द्रकला अधिकारी,
पाँचथर ।
<><><>

गरौं है भक्ति
पितृ नाममा
मिल्नेछ शक्ति
गरौं सम्मान
सोह्र श्राद्धमा
पितृको नाम ।
✍️ नरराज आचार्य,
काठमाडौ ।
