Fast Nepal News

पाँच सर्जकका दश छेस्का

छेस्का साहित्य

banner single news


१.
धनको पोको
कहिले पुग्छ
मनको धोको !

२.
आरिेसे जात
सन्तोष छैन
मनमा घात ।

-लक्ष्मी न्यौपाने

*****

१.
बिग्रेको देश
जान्ने न सुन्नु
व्यर्थको द्वेष ।

२.
बुढ्यौली बेला
रहर छैन
सभा र भेला।

– नरेश नेपाल

*****

१.
चन्द्रको हाँसो
जूनको खित्का
धर्तीको नासो ।

२.
बर्खाकी रानी
धर्तीको प्यास
तृप्तिकी खानी ।

Inside Article Ads

– नवराज शर्मा

*****

१.
कुटिल नेता
हुने पो भए
उता न यता !

२.
बझुवाहरु
मिल्न नसके
छुट्टिनु बरु !

– शैलेन्द्र कुमार शाह

*****

१.
घाउको खाटो
कोट्याइदिँदा
देखियो टाटो ।

२.
भेटियो केटो
उरन्ठेउलो
काटेछ नेटो ।

– लक्ष्मी शर्मा

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.