Fast Nepal News

छेस्का साहित्य

पाँच सर्जक : दश छेस्का

banner single news

✍️ धातानन्द शर्मा
१.
बोलेको बोली
बगेको खोली
फर्कन्न भोलि ।

२.
कृषिमा जुट
दानी धरती
खजाना लुट ।

********

✍️ विनोद कोइराला
१.
बीरका गाथा
झुक्न नदिउँ
सगरमाथा ।
२.
पुरानै पात्र
छैन भरोसा
छ आशा मात्र ।

*********

✍️ बुद्ध प्रकाश सिंह
१.
प्रियको हाँसो
मुटुमा बल्झ्यो
मायाको पासो ।
२.
दुखीको साथी
इश्वर कृपा
हात छ माथि ।

Inside Article Ads

********

✍️ अशोक अधिकारी
१.
पुर्खाको धन
बेचेर सके
मिलेन मन ।
२.
जिउँदो लाश
मृत्यु सत्यता
सास विश्वास ।

********

✍️ तुलसी पण्डित
१.
छेस्का कमाल
गल्तीमा च्वास्स
रैछ बबाल ।
२.
जिन्दगी भर
बस्नुछ मिली
नहुनु पर ।

********

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.