Fast Nepal News

बिहीबार थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, १२८६ जना निको हुँदा २९ जनाको मृत्यु

banner single news

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ५ हजार ३७४ जनाको आरटी–पीसीआर गर्दा १,२१८ जना र ५ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जना गरी आज १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५१ हजार ३० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३२० जना पुगेको छ ।

Inside Article Ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८६ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ जना पुगेको छ । यो कुल संक्रमितको ९४.५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३३ लाख ९६ हजार ७५३ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २६ हजार ४४७ जना आइसोलेसन र ३०० जना क्वारेन्टिनमा छन् ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.