
प्रकाश कपाली। विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बाट संक्रमित हुने व्यक्तिको सङ्ख्या बढ्दो र घट्दो क्रममा रहेको छ। अहिले कोरोना भाईरस विरुद्धको खोप नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकारका जनप्रतिनिधि, निजामती कर्मचारी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी लगायत देशका ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क रुपमा भेरोसियल खोप लगाउने अभियान चलाइरहँदा प्रथम कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका व्यक्तिलाई दोस्रो चरणको खोप लगाउने कार्य भइरहँदा आम जनमानसमा कोभिड विरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ भनेर अफवाह फैलिएपछि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले कोरोना भाईरस विरुद्धको खोपहरुमा कुनै प्रकारको धातु र माईकोविपहरु नहुने भएकाले र कोरोना भाईरस विरुद्धको खोप सुरक्षित र प्रभावकारी हुने यसले हाम्रो स्वास्थ्यमा केही प्रतिकुल असर नपार्ने भएकाले टुकका ढुक्कसँग प्रथम चरणको खोप लगाएका व्यक्तिहरूलाई दोस्रो चरणको खोप लगाउन आग्रह गरेको छ। कतिपय अवस्थामा फैलिएका यस्ता अफावह र हल्लाहरूले आममानसमा डर र त्रासको वातावरण सिर्जना गरेकोले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ।
