
बिर्ख बहादुर रोकाय
रोगले मरे पनि भोगले मर्न नदिउ भन्ने हेतुका साथ हामी कर्णाली मा एउटा “बिपत का सारथि कर्णालिका युबा ” अभियान मार्फत हामी कर्णाली प्रदेशको राजधानी को मुटुमा अबस्थित बिरेन्द्रनगर सुर्खेत रहेको कर्णाली प्रदेश अस्पताल मा कोभिड-19 माहामारी ले जीवन र मृत्यु को सैयामा छटपटीदै जीवन गुहारिरहेको सम्पुर्ण कर्णाली प्रदेश बासी आमाबुबा, दाजुभाइ,दिदी बहिनी हरुलाई उहाँ हरुको यो महाबिपत्ति को लडाइ लाई प्ररास्थ गर्न सहयोग गर्ने हेतुले हामी यश अभियान मार्फत यश अस्पताल भित्र रहेका कोभिड का बिरामि र कुरुवा हरुलाइ न्यानो खाना बितरण गर्ने कार्यक्रम सन्चालन गर्ने जमर्को मा छौ|
कर्णालीका कतिपय ठाउमा प्राप्त मात्रामा सहज स्थितिमा पनि खानाको अर्थात अन्न को अभाब भैरहन्छ यो कुरा सम्पुर्ण मा जानकार नै छ,यो महाबिपति मा कर्णाली का दशै जिल्लाबाट उपचारका लागि प्रदेश अस्पताल आउने को घुइँचो छ,र आइसकेपछि लकडाउन कारण बिरामी र कुरुवा ले आबस्यक पर्ने खानेकुरा पाउन निकै कठिन छ,यहि कठिनाइ लाई चिर्न का लागि लागि कर्णाली का युबा हरु आफ्नै ज्यानको प्रबाह नगरी जोखिम उठाउन तयार छ्न,|
सम्पुर्ण दर्सक तथा श्रोता बिन यो अभियान सन्चालन का लागि तपाईं हरुको हर प्रकारको सहयोग महत्वपूर्ण रहने भएकोले सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने मनकारी,परोपकारी सहयोग गर्न इच्छुक तर ब्यबस्थापन गर्ने जिम्मेवार निकाय नपाउनु भएको हजुर लाई * बिपत सारथी कर्णालि का युबा* हरु सहयात्री बन्नेछ्न र यश माहामारी ले शिथिल भएका प्रदेश बाशी हरु लाई तपाईं हरुको सानो सहयोग ले पनि केही मात्रामा सहज हुनेछ भन्ने अपेक्षा राख्दछौ,त्यसैले यश बिपतको घडि मा एक थुकी सुकि सय थुकी सागर भनेझै तपाईं हरु साथ सहयोग र हातेमालो को लागि हार्दिक सादर अनुरोध गर्दछौ |
धन्यवाद अन्तत सम्पूर्ण मा सुरक्षित रहन र सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउदै,लकडाउन को नियम पालन गरेर स्वास्थ्य र सुरक्षित रहनु पनि अपिल गर्दैछौ,तपाइको सुरक्षा हाम्रो पनि दायित्व हो|
(लेखक कर्णाली प्रदेश स्थानीय संवाददाता हुन)
