Fast Nepal News

आइसोलेसन नबस्‍ने कोरोना संक्रमितलाई ६ महिना जेल

banner single news

काठमाडौं, असोज २३ – देशभर पछिल्लो समय तीव्र गतिमा कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेका भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा चेतावनी दिएको छ ।

संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमले कोभिड-१९ पोजेटिभ भएका व्यक्तिहरु आइसोलेसनमा नबसेको रिपोर्ट आएकाले त्यस्तो भएमा कारवाही गरिने बताए ।

‘कोरोना संक्रमितहरु आइसोलेसनमा नबसेको रिपोर्ट प्राप्त भएको छ। त्यस्तो अवस्थामा घर परिवार र छिमेकीले पनि अनुमगन गरी खबर गरिदिनु होला’, उनले भने, ‘पोजेटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको र अरुको सम्पर्कमा आएको छ भने ६ संक्रामक रोग कानुन अनुसार ६ महिना जेल हुन्छ। सरकारले कडाइका साथ कारवाही गर्ने छ।’

Inside Article Ads

गौतमले आइसोलेसनमा नबस्‍ने व्यक्तिको अनुगमन गर्न स्थानीयवासीलाई पनि अपिल गरेका छन्। ‘कोरोना संक्रमित बाहिर निस्किँदा अरुमा सर्ने हुँदा ख्याल गरौं। धेरै जसो लक्षण नभएका संक्रमितबाट अरुलाई सार्ने जोखिम हुन्छ। घरमा आइसोलेसनमा बस्‍ने ठाउँ छ भने घरमै बसौं’ उनले भने, ‘पिसिआर गरेपछि अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नू, पोजेटिभ आएमा अरुलाई सर्न सक्ने हुन्छ, त्यसैले परीक्षण गर्न दिइसकेपछि रिपोर्ट नआएसम्म क्‍वारेन्टाइनमा बस्‍नु पर्छ।’

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.