
काठमाडौं, आश्विन ८ – पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।
त्यसैगरी २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५९ हजार ४११ पुगेको छ। मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको संख्या ७२ दशमलव ७ प्रतिशत हो ।
Visited 35 times, 1 visit(s) today
