Fast Nepal News

थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, असोज ६ – बितको २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए ।

उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

Inside Article Ads

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.