Fast Nepal News

१५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौँ, भदौ ३१ – पछिल्लो २४ घण्टामा जनामा १५ सय ३९ कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

१६ हजार २४२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन्। क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।

Inside Article Ads

पछिल्लो २४ घण्टामा १६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ। नेपालमा कोरोनाबाट हालसम्म ३७९ जनाको मृत्यु भएको छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.