Fast Nepal News

काठमाडौंकौ उपत्यकामा थपिए ५९७ जना कोरोना संक्रमित

banner single news

काठमाडौँ, भदौ २८ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

Inside Article Ads

१५ हजार ११७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७३८७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ९ हजार १६५ पीसीआर परीक्षण गरिएको छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.