Fast Nepal News

पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

banner single news

काठमाडौँ, भदौ २७ – देशभर २४ घण्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा ३ महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौंका तीनजना ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

Inside Article Ads

योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.