Fast Nepal News

कोरोनाबाट थप ५ जनाको मृत्यु : मृतकको संख्या ३२२ पुग्यो

banner single news

काठमाडौं, २६ भाद्र – पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
जागेश्वर गौतमले जानकारी दिए।

१ महिलासहित ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। मोरङकी ४० वर्षीया महिला,महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष,काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.