Fast Nepal News

थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि ; संक्रमितको संख्या ५१ हजार ९१९ पुग्यो

banner single news

पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।

१४ हजार ९२५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार ६३४ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १९१ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन्।

Inside Article Ads

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.