Fast Nepal News

काठमाडौंमा ३ सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या ३०० पुग्यो

banner single news

काठमाडौं, भदौ २२ – नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ।

८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

काठमाडौंमा ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

Inside Article Ads

मोरङमा ७६, सिरहामा ७८ र ६२, सर्लाहीमा ३५, दोलखामा ६९, मकवानपुरमा ३९, बाँकेमा ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.