Fast Nepal News

एक किलोभन्दा बढी कोकिनसहित काठमाडौंबाट १३ जना पक्राउ

banner single news

काठमाडौँ — १८ श्रावण  २०७८

काठमाडौँ, प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटेको हो ।

पक्राउ परेकाहरुबाट केही परिमाणमा चरेससमेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई केही बेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.