Fast Nepal News

कोरोना संक्रमणबाट सप्तरीमा २ जनाको मृत्यु

banner single news

काठमाडौं, जेठ १२ – कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार गराइरहेका एक महिला र पुरुषको मंगलबार राती मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार रुपनी गाउँपालिका वडा नम्बर २ की ५५ बर्षीया महिला र सुरुंगा नगरपालिका ९ का ७५ बर्षीय पुरुषको एचडियू बेडमा उपचार भइरहेको समयमा मृत्यु हो ।

Inside Article Ads

कोरोना संक्रमित महिला गत जेठ ६ गतेदेखि र पुरुष ८ गतेदेखि अस्पतारमा उपचार गराइरहेका थिए ।योसँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमितबाटै ५८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.