Fast Nepal News

धनुषामा वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

banner single news

काठमाडौं, वैशाख ३१ – धनुषा मिथिला विहारी नगरपालिका -५ का वडाअध्यक्ष विनोद कुमार मण्डलको मृत्यु भएको छ ।४५ वर्षिय वडाअध्यक्ष मण्डल विगत ६/७ दिनदेखि ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित चन्द्रकला अस्पतालमा उनलाई ल्याइएको थियो ।त्यसपछि उनको उपचार धनुषा अस्पतालमा भएपछि निको भई घर फर्केका थिए । त्यसको केहि दिनपछि अध्यक्ष मण्डललाई श्वासप्रश्वासमा समस्या आउन थालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसियु कक्षमा भर्ना गराइएको थियो ।तर, विहान वडा अध्यक्ष मण्डलको मृत्यु कोरोना संक्रमणकै कारण मृत्यू भएको नगर प्रमुख यादवले बताए ।वडा अध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.