Fast Nepal News

महानायक राजेश हमालको ‘मेरो देश’ सार्वजनिक

banner single news

काठमाडौं
टि.आर पंगेलीको शब्द एवम् नरहरी प्रेमीको संगितमा गायक रामकृष्ण ढकालको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक भएको छ ।

म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई राज कुमारको निर्देशन एवम् राजकुमार दर्जीले कोरियोग्राफी गरेका हुन्।

राष्ट्रभक्तिको सद्भाव जगाउने यस गितमा महानायक राजेश हमालको मुख्य भुमिका रहेको रहेको छ भने गितमा नरहरी प्रेमी,नेपाली सेनाका क्यापटन डि.यन श्रेष्ठ विशेष भुमिकामा देखिनुको साथै बसन्तराज रिजाल,नवराज पौडेल,निना बुढाथोकी,जगदीश अधिकारी,लायल लम्साल,आदर्श बानियाँ लगाएत कलाकारको अभिनय संगै नेपाली सेनाहरु लाई पनि देख्न सकिन्छ। यसै गित मार्फत बाल कलाकार लायल लम्साल डेबियु गरेका छन्।

सार्वजनिक गितको भिडियोलाई अजय रेग्मीले छायांकन एवम् राज कुमारले सम्पादन गरेका छन् । गीतमा कमल सौरागको एरेन्ज रहेको छ भने उक्त गीतलाई सन्तोष पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् भने भिडियोको निर्माण संयोजक समिर नेपालले गरेका हुन्।
गितको भिडियोलाई अङ्ग्रेजी सब-टाईटल अनुवाद गरिएको छ।

Inside Article Ads

हेर्नुहोस् गितको पूरा भिडियो

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.