
काठमाडौं – चैत २२
काठमाडौं, ठमेलमा बस्ने चिनियाँ नागरिकको डेरामा डकैती गर्ने चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका फुलकाजी तामाङ, अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामालाई पक्राउ गरेको हो । उनीहरुले गत १६ चैतमा ठमेलमा बस्ने चिनियाँ नागरिक युन सियोमेनको डेरामा हतियार देखाई उनीहरुको हातखुट्टा बाँधेर डकैती गरेका थिए ।
चिनियाँ नागरिक उनकी श्रीमती अञ्जली र अन्य दुई युवकलाई नियन्त्रणमा लिएर डकैती भएको थियो । २० लाख नगद र करिब पाँच लाख बराबरको सुनको गहना डकैती भएको थियो । घटनाको पाँच दिनपछि अभियुक्तहरु पक्राउ परेका हुन् । उनीहरुबाट चोरीका केही सामान समेत बरामद भएको प्रहरीले जनाएको छ । दृष्टिबाट
