Fast Nepal News

कांग्रेस तत्काल न बोल्ने, न खुल्ने

banner single news

काठमाडौं – चैत १९

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ । हाल, कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र कुनै पनि पक्षतर्फ नखुल्ने रणनीति लिएको हो ।

मंगलबार मात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको ‘रणनीति’ बुझ्न सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । त्यस क्रममा देउवाले कांग्रेस ‘पर्ख र हेरकै अवस्थामा रहेको र सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन पनि निरन्तर रहेको’ भन्दै कांग्रेसले थप कुनै निर्णय तत्कालै नलिने सन्देश दिएका थिए ।

‘प्रचण्डले प्रतिगमन विरोधी पक्षसँगै मिलेर जाऔं भन्ने प्रस्ताव गर्नुभयो तर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नभएकाले केही गर्ने अवस्था नरहेको जवाफ दिनुभयो,’ माओवादी अध्यक्ष प्रचण्डले राखेको धारणाबारे जानकारी दि“दै देउवानिकट एक नेताले राजधानीस“ग भने, ‘यसले कांग्रेस पहिले जुन रणनीतिमा थियो, त्यही“ छ भन्ने प्रस्ट हुन्छ ।’

कांग्रेस उपसभापति विमलेन्द्र निधिले माओवादी केन्द्र र जसपा आफैं सत्ता समीकरणका लागि प्रस्ट नभइसकेका कारण तत्काल कुनै निर्णयमा पुगिहाल्ने अवस्था नरहेको प्रस्ट पारे ।

Inside Article Ads

‘माओवादी केन्द्रको सरकारलाई समर्थन कायम छ । जसपा पनि अलमलमा नै छ, सत्ता समीकरणका लागि जे हुनुपर्ने हो त्यो भइसकेको छैन, कांग्रेस अहिले नै नयाँ निर्णयमा पुगिहाल्ने अवस्थामा छैन,’ कांग्रेस उपसभापति निधिले भने ।

पछिल्लो समय सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्ने निर्णय गरेपछि सरकारको विकल्पबारे चर्चा हुँदै आए पनि अवस्था परिपक्व नभएको जवाफ कांग्रेसले दि“दै आइरहेको थियो ।
पछिल्लोपटक नेकपा विवादबारे सर्वोच्चले फैसला गरेर नेकपालाई साबिककै अवस्थामा पु(याइदिएपछि कांग्रेस पर्ख र हेरकै अवस्थाबाट अघि बढ्दै आएको छ । यसबीच कांग्रेसले माओवादी केन्द्रसहित जसपासँग धारणा भने बुझ्दै आएको छ ।

संसद् विघटन समय सरकारको विरोध र पुनस्र्थापनाका पक्षमा खुलेर लागेका नेतासमेत कांग्रेसको आगामी रणनीतिबारे पछिल्लो समय मौन रहँदै आएका छन् । कांग्रेसको मौनतालाई सत्ता र बाहिर रहेका दलले समेत चासोसाथ हेरिरहेका छन् ।

कांग्रेसले पछिल्लो राजनीतिक अवस्थासहित १४औं महाधिवेशनबारे छलफल गर्न २० चैतका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सोही बैठकमार्फत थप रणनीति अघि सार्ने अपेक्षा गरिएको छ । राजधानी दैनिकबाट

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.