Fast Nepal News

पावर हंगामा २०२४’ का विजेतालाई कारदेखि सुनको सिक्कासम्म पुरस्कार वितरण

banner single news

काठमाडौं । ग्लोबल इलेक्ट्रोनिक्स ब्रान्ड एंकर र साउन्डकोरका नेपालस्थित आधिकारिक वितरक सेलुसिटी इन्टरनेशनल प्रालिले ‘पावर हंगामा २०२४’ अभियानका भाग्यशाली विजेताहरूलाई आकर्षक पुरस्कार वितरण गरेको छ।

काठमाडौंस्थित एक बुटिक होटलमा आयोजित विशेष समारोहमा देशभरका खुद्रा विक्रेता, आधिकारिक वितरक, सरोकारवाला तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थितिमा विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियान अवधिभर एंकर र साउन्डकोरका आधिकारिक उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत विजेताहरू छनोट गरिएको थियो। सोहीअनुसार एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप चारपाङ्ग्रे डोडफेड बक्स कार प्राप्त गरेका छन्।

त्यसैगरी, दुई जना विजेतालाई रोयल इनफिल्ड ३५० सीसी बुलेट मोटरसाइकल, दुई जनालाई विदेश भ्रमण प्याकेज, दुई जनालाई वासिङ मेसिन तथा तीन जना विजेतालाई सुनको सिक्का प्रदान गरिएको कम्पनीले जनाएको छ।

उपभोक्तालाई उच्च गुणस्तरीय उत्पादनसँगै विशेष तथा अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त योजना दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरण सन् २०२३ डिसेम्बर १ देखि २०२४ जनवरी ३१ सम्म र दोस्रो चरण सन् २०२४ मार्च १ देखि अप्रिल ३० सम्म सञ्चालन गरिएको थियो।

अभियान अवधिभर एंकर र साउन्डकोरका आधिकारिक उत्पादन खरिद गरी ग्राहकहरूले उत्साहजनक सहभागिता जनाएको कम्पनीको भनाइ छ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सेलुसिटी इन्टरनेशनल प्रालिका निर्देशकले अभियानको सफलताका लागि सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरे। ग्राहकहरूको विश्वास, समर्थन र मायाका कारण अभियान ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नेपाली बजारमा विश्वस्तरीय तथा उच्च गुणस्तरका इलेक्ट्रोनिक्स उत्पादन उपलब्ध गराउँदै यस्तै आकर्षक योजना ल्याइरहने प्रतिबद्धता व्यक्त गरे।

प्रिमियम चार्जिङ एक्सेसोरिज, पावर बैंक तथा अत्याधुनिक अडियो उत्पादनका लागि परिचित एंकर र साउन्डकोर नेपाली उपभोक्तामाझ लोकप्रिय ब्रान्डका रूपमा स्थापित छन्। कम्पनीले ग्राहक केन्द्रित अभियानमार्फत बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउँदै आएको

Inside Article Ads
Visited 3 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.