Fast Nepal News

क्यान्सर रोग सँग लडदै कमला आर्थिक अबस्था अत्यन्त कमजोर मानवीय सहयोगको लागि अपिल

banner single news

सप्तरी जिल्ला ,सुरुङ्गा नगरपालिका वाड – २ भेडिया निवासी श्रीमती कमला दाहाल भण्डारी उहाँ हाल वीर अस्पतालको शैया मा क्यान्सर रोगसँग संघष गर्दै आर्थिक अभाबको कारणले उनको आर्थिक अबस्था अबस्था पनि अत्यन्त कमजोर भएकोले आबश्यक उपचारको लागि समस्या रहेको छ । वीर अस्पतालको बेड न २६७मा हामी त्याहा एक्कासि पुग्दा यसरी आफनो पीडा यसरी ब्यक्त गरिन मलाई केही भइहाले भने मेरा दुई छोरा छोरीको भबिस्यके होला ? भन्ने चिन्ताले दिन रात बितिरहेको उनले भक्काउदै यसरी रुदै भनेकी थिन एक आमाको पीडा कल्पना मात्र गर्दा मन भक्कानीन्छ ।जिवनमा कहिलेकाहीँ यस्ता कठिन मोडहरु हामी सबैमा पनि यस्तो हुन सक्छ र त्यसमा पनि एउटी आमाको काधमा दुई नाबालक सन्तानको पालनपोषण, शिक्षा दीक्षा र भबिस्यको सम्पुर्ण जिम्मेवारी हुन्छ ।त्यसमाथी आर्थिक अभाब परिबार र समाजका चुनौतीहरु फेरि आफनो शरिरमा क्यान्सर जस्तो रोग त्यसैले कमला दहाल भण्डारी आज खर्चको अभाबमा वीर अस्पताल उपचारको लागि सहयोग लागि हात थापीरहनु भएको छ उहालाई आज हाम्रो साथ , सहयोग र सद्भावको आबस्यता छ ।हामी सबैले आफनो क्षमता अनुसार गरेको सानो सहयोग पनि उहाँको जिवनदान बन्न सक्छ ।
जीवन बचाउने अभियानमा तपाईंको साथको अपेक्षा गर्दछौं। हजुरहरुले कमला दाहाल भण्डारीलाई सहयोग गर्न चाहानु हुन्छ भने सिटिजन बैंकको स्वर्निम शर्मा पौडेलको खाता रहेको खाता न ००६०१००००४१६९०४१मा जम्मा गरि सहयोग गर्न सक्न्नु हुन्छ नभए हजुरहरु प्रत्यक्ष भेटेएर अस्पतालमा नै पनि गएर सहयोग गर्न्न सक्नु हुनेछ । मानवता नै सबैभन्दा ठूलो धर्म हो।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.