Fast Nepal News

अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्न

banner single news

 

 

काठमाण्डौ। १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेश कार्यक्रम गरि भब्य रूपमा मनाएको छ।
संस्थाका अध्यक्ष महेश जगं कुवँर को सभापति र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय जुलीकुमारी महतो प्रमुख अतिथि साथै जेष्ठ नागरिक कोषका सभापती एवं राष्ट्रिय प्रेस क्लवका सभापती रामकृष्ण कर्मचार्य बिशिस्ट अतिथि सम्पन्न भएको थियोे ।
बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिदै आएका बिशिष्ठ महिला हरुलाई सम्मान गरेको छ।
कार्यक्रममा “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” ले राष्ट्रिय स्तरमा ख्याती प्राप्त महिलाहरूलाई सम्मान गरेको हो। बरिष्ठ सञ्चारकर्मी बिमला भण्डारी कुवँर,धार्मिक व्यक्तित्व एवं सामाजिक अभियान्ता आनी भिमसुवा गुरुगं , सामाजिक अभियान्ता एवं महिला नेतृ शोभा घिमीरे कार्की, वरिष्ठ शिक्षा सेवी तथा समाजसेवी कुमुद छतकुली भटट् ,सरु बानियाँ, शोभा पाठक, लगायत देशै भरिबाट १७ जना महिलालाई सम्मान गरेको हो।
चितवनकी छायाँ श्रेष्ठ लगायत सजना नकर्मी, छटकुमारी भट्ट, अम्बिका केसी, लोककुमारी श्रेष्ठ, सबिता न्यौपाने, रिता आचार्य, धनुथापा मगर, रोजी गुरु ,धनमाया सिन्जाली, शान्ता बसेल, लक्ष्मी श्रेष्ठ ,माधबी सुबेदी, सीता रायमाझी ,सुनतिा घमिरे, संगतिा शर्मा, मनिषा राई, शोभा थापा ,यमकला केसी लगायत सम्मानित भएका हुन।
सम्मान कार्यक्रमको प्रमुख अतिथी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय जुलीकुमारी महतोले सम्मानित हुने व्यक्तित्वहरूलाइ “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” प्रदान गर्नुभएको थियो। सम्मानित व्यक्तीहरूलाई दुबोको माला, र दोसल्ला सहित सम्मान पत्र हस्तान्त्रण गरिएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री महतोले पुर्व मेचि देखी पश्चिम महाकाली सम्मका महिलालाई एकै ठाउँमा सम्मान गर्न पाउदा खुसी व्यक्त गर्दै समान कामको समान ज्याला र महिला श्रमशोषणका कुरा गरिरहँदा यस सम्मानबाट बास्तविक महिलाको सम्मान भएको महसुस गरेको बताउनु भयो।
कार्यक्रममा बोल्दै सञ्चारकर्मी बिमला भण्डारी कुँवरले आमा सधैं सम्मानीत हुने भन्दै एउटी आमा, बुहारी र छोरी सम्मानित भएकोमा अत्यन्तै गर्व लागेको बताउनु भयो। यो सम्मानले थप जिम्वेवारीको भारी बोकाएकोले आ गामी दिनमा थप जिम्वेवारीका साथ कर्ममा लाग्ने विश्वास व्यक्त गर्नुभयो। समाजमा महिलामाथी हुने जघन्य अपराध र लैगिक हिंसाको अन्त्य हुनुपर्ने र त्यसका बिरूद्ध अठोटका साथ लाग्ने बताउनु भयो।
‘समान अधिकार-सम्मान अवसर, हिंशामूक्त समाज हामी सबैको सरोकार’ भन्ने मुल नारा लिएको यस सस्थाले बिभिन्न अवसर पारेर शन्देशमुलक कार्यक्रम गर्दै आएको छ। बाल शिक्षा शान्ती र्याली रक्तदान कार्यक्रम स्वास्थ्य शिवीर बिपन्न तथा अनाथ बालबालिकालाइ शैक्षिक सामाग्री वितरण जस्ता काम निरन्तर गर्दै आएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय सरोकार समितीका सभापती माननिय पार्वती रावल तत्कालिक जेष्ठ नागरिक कोषका सभापती एवं राष्ट्रिय प्रेस क्लवका सभापती रामकृष्ण कर्मचार्य लगायतले मन्तव्य राखेका थिए।

Inside Article Ads

बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको यो सस्थाले काठमाण्डौ भित्रका बिभिन्न नगरपालिकालाइ मध्यनजर गर्दै केही नगरपालिकामा सस्थाले एम्बुलेन्स सञ्चालन गरिसकेको र केहीलाई मध्यनजर गरी अन्य नगरपालिकामा एम्बुलेन्स् सञ्चालनमा ल्याउन लागेको सस्थाका अध्यक्ष महेश जगं कुवँले बताउनु भयो ।बिनासकारी भुकम्पको बेला उद्धार तथा राहत बितरणमा सक्रिय भुमिका खेलेको संस्थाले स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारका क्षेत्रमा योगदान गर्ने व्यक्तीलाई सम्मान गर्दै आएको छ भने आगामी दिनमा समेत यस्तै कार्यक्रम गर्दै जाने समेत जनाएको छ।
कार्यक्रमा बिभिन्न संघ संस्थाका पधादीकारी समाजसेवी सुरक्षाकर्मी राजनितीक दलका नेताहरू लगायतको उपस्थिती रहेको थियो।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.