
काठमाडौं । गीत लेखेर एक पछी अर्को कृतिमान कायम गरेका डाक्टर धर्मराज उपाध्यायको रचना रहेको गीत‘यो मायाको डोरो’ बोलको गिती भिडियो सार्वजनिक भएको छ । राजन तिमल्सिना र मेलिना राइको स्वर तथा राजन तिमल्सिना कै संगीतमा तयार गरिएको उक्त गीतको भिडियो भर्खरै मात्र छ्यान्कन सम्पन्न भएको छ।
भिडियोमा सन्दिप सुवेदी र अन्जु सुनारको अभिनय रहेको छ भने प्रज्वल शाक्यको निर्देशन र अखिल बास्तोलाको छायान्कन रहेको छ । उक्त भिडियोलाई गोदावरीको रमणिय स्थलमा छायान्कन गरिएको हो ।
हेर्नुहोस भिडियो सहित :
